Global TV Logo
लोड हुँदैछ...

अनशनरत डा. गोविन्द केसीसँग सरकारले आज वार्ता गर्दै

B
Binita Thapa
२०२६-०७-२६, ०४:५० AM
होमपेज/विशेष समाचार
अनशनरत डा. गोविन्द केसीसँग सरकारले आज वार्ता गर्दै

साउन १० - सरकारले अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग आज वार्ता गर्दैछ । 

सरकारका प्रतिनिधिले डा.केसीसंग यसअघि अनौपचारिक छलफल गरेकोमा आज औपचारिक वार्ता गर्न लागेको हो । 

डा.केसीसंग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगेका छन् । प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा पनि आज धनगढी पुगेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार बेलुका डा.केसीका सहयोगी अमृत जैसीसँग टेलिफोन संवाद पनि गरेका थिए । धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशन थालेका डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

 चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेजमा उपकुलपति र रजिस्टार नियुक्ति गैरकानुनी भएको भन्दै केसीले बिहीबारदेखि अनशन थालेका हुन् ।

 शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्तिसम्बन्धी डा. केसीले उठाएका विषय प्रस्ट पार्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com