सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकामा ३ दिन नि: शुल्क बस सेवा सञ्चालन गर्ने

कार्तिक २- सशस्त्र प्रहरीले दसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पु¥याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
निःशुल्क बस सेवा आजबाट लगातार ३ दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ । यसैगरी अर्को बसले सितापाइला, कलंकी,बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
दसैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिन सशस्त्र प्रहरीले निःशुल्क बसको सेवा सञ्चालन गर्दै आइरहेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



