Global TV Logo
लोड हुँदैछ...

एसियन गेम्स क्रिकेट छनोटको उपाधि भिडन्त आज

B
Binita Thapa
२०२६-०६-०८, ०४:१० AM
होमपेज/समाचार
एसियन गेम्स क्रिकेट छनोटको उपाधि भिडन्त आज

काठमाडौँ, २५ - सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपाल र हङकङ भिड्दैछन् । 

प्रतियोगिताको उपाधिका लागि नेपाल र हङकङबीचको फाइनल खेल सिंगापुरमा मध्यान्ह सवा १२ बजे सुरु हुनेछ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो । दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

 जारी प्रतियोगितामा नेपाल र हङकङ दुवै टोली अपराजित छन् । त्यसैले दुवै टोली फाइनल जित्दै अपराजित च्याम्पियन बन्ने योजनामा छन् । पहिलो सेमिफाइनलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ दशमलव २ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य हङकङले १८ दशमलव २ ओभरमा ४ विकेट गुमाएर १ सय २० रन बनाउँदै पूरा गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा नेपाल र हङकङबीच १४ पटक प्रतिस्पर्धा भएको छ । 

जसमा नेपाल बलियो देखिएको छ । नेपालले ७ खेलमा जित हात पारेको छ भने हङकङले ५ खेल जितेको छ । यी दुई टोलीबिचका दुई खेल भने वर्षाका कारण रद्द भएका थिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com