Global TV Logo
लोड हुँदैछ...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारामा, देउवा प्रमुख अतिथि

S
Sristi Thakuri
२०२६-०८-१२, ०५:५४ AM
होमपेज/विशेष समाचार
कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारामा, देउवा प्रमुख अतिथि

काठमाडौं , साउन २७ - आगामी २९ साउनमा हुने राष्ट्रिय भेलाका लागि इतर समूहले काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको छ । प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेला शुक्रबार दिउँसो १ बजे उद्घाटन हुनेछ ।

पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने इतर समूहको दाबी छ ।

यसैबीच, कांग्रेस नेता डा। प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्नेछन् । जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि उपचारका लागि विदेशमा रहेका देउवा थप उपचारका लागि हङकङ पुगेका थिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com