Global TV Logo
लोड हुँदैछ...

बालेनको अभिव्यक्ति विवादमा : एमाले सांसद देवकोटाद्वारा गम्भीर आरोप

S
Sristi Thakuri
२०२६-०६-०३, १०:०३ AM
होमपेज/राजनीति
बालेनको अभिव्यक्ति विवादमा : एमाले सांसद देवकोटाद्वारा गम्भीर आरोप

नेकपा एमालेकी सांसद सम्झना देवकोटाले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै रास्वपा र सभामुखको मौनताले शंका उत्पन्न गरेको बताएकी छन्।

राष्ट्रिय सभाको बैठकमा उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र गैरजिम्मेवार भएको दाबी गरिन्। भारतका कुनै आधिकारिक निकायले नेपालले सीमा मिचेको भन्ने जानकारी नदिएको अवस्थामा यस्तो अभिव्यक्ति आउनु गम्भीर विषय भएको उनको भनाइ छ।

देवकोटाले नेपाल–भारत सीमा विवाद सुगौली सन्धिदेखि नै कायम रहे पनि भारतले नेपालमाथि औपचारिक आरोप नलगाएको उल्लेख गरिन्। साथै, वर्तमान सरकारका गतिविधि विवादास्पद रहेको भन्दै उनले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको गिरफ्तारी, सुकुम्बासी तथा भूमिहीनको व्यवस्थापनबिना उठीबास लगायतका विषय उठाइन्।

उनले प्रधानमन्त्रीको विगत र वर्तमान अभिव्यक्तिबीचको विरोधाभास औंल्याउँदै अहिलेको टिप्पणी किन परिवर्तन भयो भन्ने प्रश्न गरिन्। साथै, प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण पनि शंकास्पद देखिएको उनको भनाइ छ।देवकोटाले अन्त्यमा प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिएर जनतासँग माफी माग्न आग्रह गरेकी छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com