Global TV Logo
लोड हुँदैछ...

प्रधानन्यायाधीशलाई बारको ३९ बुँदे ध्यानाकर्षण पत्र

B
Binita Thapa
२०२६-०५-२३, ०३:३५ AM
होमपेज/विशेष समाचार
प्रधानन्यायाधीशलाई बारको ३९ बुँदे ध्यानाकर्षण पत्र

जेठ ९- नेपाल बार एसोसिएसनले न्यायालयमा व्याप्त विकृति,विसंगति अन्त्य र न्याय प्रणालीको सुदृढीकरणका लागि ३९ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ । रोल...

नेपाल बार एसोसिएनसले प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मालाई भेटेर न्यायालय सुधारका अल्पकालीन र दीर्घकालीन योजनासहितको माग पत्र बुझाएको हो । बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मुख्य माग राखिएको छ । उक्त प्रतिवेदनले न्यायालयमा हुन सक्ने भ्रष्टाचार र बिचौलियाको चलखेल रोक्न विभिन्न सुझावहरू दिएको थियो । न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको दूरी व्यवस्थित भएको र अनावश्यक हिमचिम अस्वीकार्य रहेको पनि बारले प्रस्ट्याएको छ । साथै न्याय सम्पादनमा पारदर्शिता कायम गर्न न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ । न्यायालयलाई प्रविधिमैत्री बनाउन एकीकृत इलेक्ट्रोनिक केस म्यानेजमेन्ट प्रणाली लागू गर्न, भिडियो कन्फरेन्समार्फत बहस पैरवीको व्यवस्था गर्न र राष्ट्रिय डिजिटल कानुनी सहायता पोर्टल विकास गर्न माग गरिएको छ । दरपिठ भएको निवेदनउपर ७ दिन दिनभित्रमा सुनुवाइ व्यवस्था गरी सेवाग्राहीलाई झुलाउने अव्यवस्थाको तत्काल अन्त्य गर्न पनि प्रधानन्यायाधीश शर्मासँग माग गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com