Global TV Logo
लोड हुँदैछ...

भट्टराईको टिप्पणी : ‘सुशासन र समृद्धिको नारा दिने सरकार ठूला भ्रष्टाचारमा पछि हट्नु विडम्बना’

S
Sristi Thakuri
२०२६-०९-२९, ०४:४४ AM
होमपेज/समाचार
भट्टराईको टिप्पणी : ‘सुशासन र समृद्धिको नारा दिने सरकार ठूला भ्रष्टाचारमा पछि हट्नु विडम्बना’

 काठमाडौं, असोज १३ - पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित भएको सरकार ठूला भ्रष्टाचारका प्रकरणहरूमा पछि हट्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति रवि लामिछाने र प्रधामनमन्त्री वालेन्द्र शाहको तस्बिरसहित आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान न्यायिक प्रणाली र कानुन कार्यान्वयनको शैलीमाथि गम्भीर प्रश्न उठाएका हुन् । लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्ने भएपनि विद्यमान प्रणालीले साना र पहुँचहीनलाई मात्रै कारबाहीको दायरामा ल्याउने र ठूला दोषीलाई उन्मुक्ति दिने काम गरिरहेको उनको आरोप छ । देशलाई निरन्तर रूपमा लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषका गिरोहहरूलाई अन्त्य नगरेसम्म देशमा सुशासन र समृद्धिको सही सुरुवात हुन नसक्ने उनको दाबी छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
भट्टराईको टिप्पणी : ‘सुशासन र समृद्धिको नारा दिने सरकार ठूला भ्रष्टाचारमा पछि हट्नु विडम्बना’ | Global TV Khabar