भोटेकोशी बाढी : १ हजार ४३४ शव फेला, ४ हजार ६५५ बेपत्ता
S
Sristi Thakuri२०२६-०९-२०, ११:०८ AM

काठमाडौं , असोज ४ - भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार ४३४ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार आज बिहान ११ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा ती शव फेला परेका हुन्। फेला परेका शवमध्ये १ हजार २९२ वटा व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २८३ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका १ हजार ३६२ शवको विवरण वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ भने ४ हजार ६५५ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



