Global TV Logo
लोड हुँदैछ...

भोटेकोशी–त्रिशूली बाढीमा क्षतिप्रति उपत्यकावासीको दुःख र ऐक्यवद्धता

S
Sristi Thakuri
२०२६-०९-०६, ०६:५६ AM
होमपेज/समाचार
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिप्रति उपत्यकावासीको दुःख र ऐक्यवद्धता

काठमाडौं  ,भदौ २१ - भोटेकोशी नदीमा आएको बाढीले पु¥याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति काठमाडौं उपत्यकाका नागरिकहरूले दुःख व्यक्त गर्दै ऐक्यवद्धता जनाएका छन् । 

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा पु¥याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति काठमाडौं उपत्यकाका नागरिकहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यवद्धता जनाएका हुन् । उपत्यकाका नागरिकहरूले आईतवार बिहान काठमाडौंमा सामुहिक ऐक्यवद्धता ¥यालीको आयोजना गर्दै दुःख व्यक्त गरेका छन् । विनाशकारी महाविपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी कार्यलाई राज्यले उच्च प्राथमिकता दिन माग गरेका छन् । बेपत्ताको खोजीका लागि अधिकतम स्रोत–साधन, जनशक्ति तथा आधुनिक प्राविधिक र वैज्ञानिक विधिको प्रयोग गर्न सरकारसँग आग्रह गरिएको छ । बाढी प्रभावित क्षेत्रमा फेला परेका शवहरूको सनाखतमा जटिलता देखिएको उल्लेख गर्दै नागरिक समूहले सबै शवको सम्मानजनक व्यवस्थापन र वैज्ञानिक अभिलेखीकरण गर्न ध्यानाकर्षण गराएको छ । महाविपद् प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना र पुनर्निर्माण कार्यलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न राज्यसँग माग गरिएको छ ।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिप्रति उपत्यकावासीको दुःख र ऐक्यवद्धता | Global TV Khabar