Global TV Logo
लोड हुँदैछ...

विश्वप्रकाश शर्माको आह्वान : अदालत होइन, पार्टी कार्यालयमै संवाद गरेर कांग्रेसको विवाद समाधान गरौं

S
Sristi Thakuri
२०२६-०८-२२, ०६:४५ AM
होमपेज/विशेष समाचार
विश्वप्रकाश शर्माको आह्वान : अदालत होइन, पार्टी कार्यालयमै संवाद गरेर कांग्रेसको विवाद समाधान गरौं

काठमाडौं , भदौ ६ - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर कांग्रेसको विवाद समाधान गर्नुपर्ने बताएका छन ।

शनिवार कांग्रेसले आयोजना गरेको ग्रिन रनको क्रममा सञ्चारकर्मीहरुसँगको भेटमा उनले पार्टीभित्रका विवाद समाधान पार्टी कार्यलयमा बसेर गर्नका लागी आह्वान गरे । कांग्रेस नयाँ सोँच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै उनले कांग्रेसको संस्थापन ईतरका नेताहरुलाई संवादमार्फत पार्टीलाई एकतावद्ध बनाउन आग्रह गरे । मुद्दा मामिलाको बाटो संविधानले, कानुनले दिएको भएपनि त्यसले मात्रै समाधान नदिने उनको भनाई छ । उनले असोजमा महाधिवेशन हुने भएकोले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैलाई खुला रहेको बताए । विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि निरन्तर नरहने उनको भनाई छ ।

उनले कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । विशेष महाधिवेशनको वैधानिक प्रक्रियालाई लिएर कांग्रेसभित्र आन्तरिक विवाद छ । उक्त विवाद अदालतसम्म पुगेको छ । त्यस्तै कांग्रेस संस्थापन पक्षले असोजमा घोषणा गरेको महाधिवेशनलाई रोक्न संस्थापन ईतर समूह अदालत जाने तयारीमा छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com