Global TV Logo
लोड हुँदैछ...

सडकपेटीबाट हटाइएपछि दृष्टिविहिनहरूको सरकारविरुद्ध प्रदर्शन

S
Sristi Thakuri
२०२६-०६-२२, ०७:५८ AM
होमपेज/विशेष समाचार
सडकपेटीबाट हटाइएपछि दृष्टिविहिनहरूको सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ, असार ८ - सडकपेटीमा स्वरोजगार गर्दै आएका दृष्टिविहिन व्यक्तिहरूले वैकल्पिक जीविकोपार्जनको व्यवस्था नगरी आफूहरूलाई हटाइएको भन्दै आन्दोलन सुरु गरेका छन्।

सोमबार माइतीघर मण्डला मा धर्ना दिँदै उनीहरूले सडकपेटी, मठमन्दिर र सार्वजनिक स्थानमा बसेर जीविकोपार्जन गर्नसमेत नदिइएको आरोप लगाए। सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहिन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले नगर प्रहरीले धरपकड, दुर्व्यवहार र जबर्जस्ती हटाउने काम गरेको दाबी गरे।

उनीहरूले राज्यले आफूहरूलाई योग्यता र क्षमताअनुसार रोजगारी उपलब्ध गराउनुपर्ने वा मासिक २० हजार रुपैयाँ बेरोजगार भत्ताको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। वैकल्पिक व्यवस्था नभएसम्म दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com