Global TV Logo
लोड हुँदैछ...

सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने

S
Sristi Thakuri
२०२६-०६-०२, ०५:५५ AM
होमपेज/समाचार
सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले नेपाल र भारतबीचको सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन नहुने बताएका छन् । 

सभापति लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्वपूर्ण आधार भन्दै सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताएका हुन् । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा मंगलबार प्रकाशित लेखमा लामिछानेले उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन् । ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ । नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक विवादबाट निकालेर विकास र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उनको धारणा छ । लामिछानेले नेपाल र भारत दुई छिमेकी मुलुक नभई साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका साझेदार भएको उल्लेख गरेका छन् । उनले रामायणको कथा जनकपुर र अयोध्या जोडिएपछि मात्र पूर्ण हुने,पशुपतिनाथ र केदारनाथ तथा लुम्बिनी र बोधगयाबीचको सम्बन्धले साझा सभ्यताको आधार निर्माण गर्ने उल्लेख गरेका छन् । सभापति लामिछानेले रेलदेखि आईआईटी र एम्ससम्मको प्रस्ताव अघि सारेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने | Global TV Khabar