Global TV Logo
लोड हुँदैछ...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

B
Binita Thapa
२०२६-०९-२८, ०३:५० AM
होमपेज/समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

असोज १२ - संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । 

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, महिला, बालबालिका र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।

 बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । यस्तै बैठकमा मन्त्री मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।

 त्यसैगरी, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१- ८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com