एनपीएल अन्तर्गत आजका दुवै खेल प्रभावित हुने सम्भावना
B
Binita Thapa२०२६-१०-३१, ०३:५८ AM

काठमाडौँ , १४ कात्तिक- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज हुने तय भएका दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ ।
काठमाडौँमा निरन्तर झरी परिरहेकोले कीर्तिपुर मैदान पनि चिसो हुँदा आजका खेल नहुने सम्भावना बढेको हो । बिहीबार खेल सकिएपछि मैदानलाई कभरले ढाकिएको छ ।
पानी पर्ने क्रम अहिले पनि जारी छ । मौसमविद्काअनुसार आज दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ । एनपीएलको खेल तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल रहेको छ । एनपीएलमा रिजर्भ डे नराखिएकाले खेल रद्द वा नतिजाविहीन भए टोलीहरूले समान एक-एक अंक बाँड्ने छन् ।
मैदान तयार हुन सके कम्तिमा ५ ओभरको खेल खेलाउने सम्भावना भने कायमै रहन्छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



