Global TV Logo
लोड हुँदैछ...

कानूनी जटिलताले बजेट कार्यान्वयन प्रभावित : हर्कराज राई

S
Sristi Thakuri
२०२६-०६-१६, १०:४६ AM
होमपेज/विशेष समाचार
कानूनी जटिलताले बजेट कार्यान्वयन प्रभावित : हर्कराज राई

काठमाडौँ, असार १ - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले बजेट कार्यान्वयनमा विद्यमान कानून र प्रक्रियागत जटिलता नै मुख्य बाधक बनेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले बजेट बनाउने तर खर्च गर्न नसक्ने अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गरे। ठेक्का प्रक्रिया, वनसम्बन्धी कानूनलगायतका कारण विकास आयोजनाको काममा ढिलाइ हुने गरेको उनको भनाइ थियो।

राईले बजेट कार्यान्वयन सहज हुने गरी आवश्यक कानूनी सुधार गर्न सरकारलाई सुझाव दिँदै असारे विकासको प्रवृत्ति रोक्नुपर्नेमा जोड दिए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com