सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं , साउन ६ - व्यवसायी शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीका अनुसार अग्रवाललाई काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरिएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतमा हाजिर हुनुपर्ने भए पनि उपस्थित नभएपछि उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपमशमशेर राणाले जानकारी दिए।
अग्रवाल परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुँदै आएको छ। यही मुद्दामा उनका छोरा शुलभ अग्रवाल हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।यस प्रकरणमा व्यवसायी दीपक भट्टसमेत जोडिएका छन्। उनी पनि हाल सोही मुद्दामा थुनामा रहेको प्रहरीले जनाएको छ।
यसअघि पनि शंकरलाल अग्रवाल पक्राउ परेका थिए। त्यसबेला उनी हाजिरी जमानीमा रिहा भएका थिए। अग्रवाल परिवारसँग सम्बन्धित शंकर ग्रुपमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समयदेखि अनुसन्धान गर्दै आएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



