Global TV Logo
लोड हुँदैछ...

मन्त्रिपरिषद्का निर्णय: रेडक्रसमा तदर्थ समिति, चार जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग अनुमति

S
Sristi Thakuri
२०२६-०६-०९, ०७:०८ AM
होमपेज/राजनीति
मन्त्रिपरिषद्का निर्णय: रेडक्रसमा तदर्थ समिति, चार जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग अनुमति

सरकारले नेपाल रेडक्रस सोसाइटीको नेतृत्वका लागि ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्ले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्पत्तिसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी तल्लो अरुण, लोअर न्यादी खोला, घुन्सा खोला र तादी खोला जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com