Global TV Logo
लोड हुँदैछ...

बीपी स्मृति दिवसमा कांग्रेसको ५ किमि ‘ग्रिन रन’, गगन थापाद्वारा सहभागी हुन आह्वान

S
Sristi Thakuri
२०२६-०७-२१, ०५:३१ AM
होमपेज/विशेष समाचार
बीपी स्मृति दिवसमा कांग्रेसको ५ किमि ‘ग्रिन रन’, गगन थापाद्वारा सहभागी हुन आह्वान

काठमाडौं, साउन ५ - नेपाली कांग्रेसले बीपी स्मृति दिवसको दिन साउन ६ गते ५ किलोमिटरको ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ । 

कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘ग्रिन रन’ प्रतियोगितामा सहभागी हुन आम नागरिकलाई निमन्त्रणा गरेका हुन् । जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिएका छन् । सार्वजनिक सन्देशमा सभापति थापाले यही श्रावण ६ गते बीपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसको आयोजनामा ५ किलोमिटर ग्रिन रनमा सहभागी हुन आह्वान गरेका छन् । जलवायु जनचेतना जगाउने अभियानमा सहभागी बन्न उनले आग्रह गरेका छन् । ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ कार्यक्रम आयोजना हुने सभापति थापाले उल्लेख गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com