लघुवित्तीय शोषणविरुद्ध राजधानी मार्च, न्यायको माग गर्दै पीडित सडकमा
S
Sristi Thakuri२०२६-०७-२६, ११:३६ AM

काठमाडौं ,साउन १० - लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षले आईतवार राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
किसान मजदुर आन्दोलन नेपालको आयोजनामा पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ गरेका हुन् । लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकहित र न्यायको माग गर्दै विगत लामो समयदेखि सङ्घर्ष गर्दै आइरहेका छन् ।
सोही सङ्घर्षको निरन्तरता स्वरूप आज काठमाडौंको सडकमा उत्रिएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दबाब दिएका हुन् ।
किसान तथा मजदुरहरूको समेत सहभागिता रहेको उक्त विरोध कार्यक्रममार्फत राज्यको ध्यानाकर्षण गराइएको पीडितहरुले बताएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



