Global TV Logo
लोड हुँदैछ...

मंसिर २६ देखि काठमाडौंमा राप्रपाको केन्द्रीय महाधिवेशन

S
Sristi Thakuri
२०२६-०६-२०, ११:२४ AM
होमपेज/विशेष समाचार
मंसिर २६ देखि काठमाडौंमा राप्रपाको केन्द्रीय महाधिवेशन

काठमाडौं असार ६- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष राजेन्द्र लिङदेनको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गर्दै तयारी अघि बढाउने निर्णय गरेको हो।

राप्रपाले भदौ मसान्तसम्म सक्रिय सदस्यता वितरण र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। सक्रिय सदस्यता प्राप्त सदस्यले मात्र महाधिवेशनमा मतदान तथा उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ।

यस्तै, असोजभित्र प्रदेश अधिवेशन सम्पन्न गरी कार्तिक महिनामा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिने पार्टीले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com