Global TV Logo
लोड हुँदैछ...

भोटेकोशी बाढी प्रभावित रसुवामा आज दिउँसो भारी वर्षाको सम्भावना

S
Sristi Thakuri
२०२६-०९-०४, ०४:५४ AM
होमपेज/समाचार
भोटेकोशी बाढी प्रभावित रसुवामा आज दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं , भदौ  १९ - जल तथा मौसम पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । दिउँसो हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीसमेत चल्नसक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com