आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
B
Binita Thapa२०२६-०८-२६, ०३:४६ AM

भदौ १० - देशभर मनसुनी वायुको प्रभाव कायम छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो पहाडी क्षेत्रमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा, साथै गण्डकी र लुम्बिनीका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि वर्षाको सम्भावना कायमै रहनेछ।
भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहेकाले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ। वर्षाले सडक तथा हवाई यातायात, कृषि र दैनिक जनजीवन प्रभावित हुनसक्ने बताइएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



