Global TV Logo
लोड हुँदैछ...

मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिँदै

S
Sristi Thakuri
२०२६-०८-१९, ०६:४० AM
होमपेज/विशेष समाचार
मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिँदै

काठमाडौं , भदौ ३ - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाबमोजिम उनले विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभा सचिवालयका अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा पेस हुनेछ। प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राखेपछि मतदान प्रक्रिया अघि बढाइनेछ। गत साउन २९ गते नेकपा ९एमाले०को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्रै सरकारमा छन्।

५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नेतृत्वको नेकपाका २२, नेपाली कांग्रेसका १८, नेकपा ९एमाले०का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सदस्य छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com