Global TV Logo
लोड हुँदैछ...

चीनद्वारा १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण

S
Sristi Thakuri
२०२६-०६-२३, ०६:३२ AM
होमपेज/विशेष समाचार
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण

काठमाडौं असार ९ - अमेरिका र चीनबीच प्रविधि, व्यापार तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण लगाएको छ । 

अमेरिकी प्रशासनले चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि बेइजिङले त्यसको प्रतिकारस्वरूप रक्षा र दुर्लभ पृथ्वी खनिज क्षेत्रमा सक्रिय अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो । चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले केही चिनियाँ कम्पनीहरूलाई तथाकथित चिनियाँ सैन्य उद्यम सूचीमा समावेश गरेपछि राष्ट्रिय सुरक्षाको हितमा नयाँ निर्यात नियन्त्रण लागू गरिएको जनाएको छ ।

 यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हालै भएको भेटवार्तापछि सम्बन्ध सुधारको प्रयास भइरहेका बेला आएको हो । दुवै देशले व्यापार शुल्क घटाउने सहमति गरे पनि प्रविधि, रक्षा र सुरक्षा क्षेत्रका विवाद भने निरन्तर गहिरिँदै गएका छन् । यस महिनाको सुरुआतमा अमेरिकाले चिनियाँ सेनासँग सम्बन्ध रहेको आरोप लगाउँदै ८० चिनियाँ कम्पनी तथा तिनका सहायक संस्थालाई कालोसूचीमा राखेको थियो ।

 सूचीमा प्रविधि क्षेत्रका अलिबाबा र बाइडुका साथै विद्युतीय सवारी निर्माता बीवाईडी पनि परेका थिए । त्यसपछि चीनले प्रतिकारात्मक कदम चाल्ने संकेत दिएको थियो । चीनले प्रतिबन्ध लगाएका कम्पनीहरूमध्ये अमेरिकी रक्षा तथा एयरोस्पेस क्षेत्रसँग सम्बन्धित एभिओक्स र ओस्कोश डिफेन्स प्रमुख छन् । यस्तै, दुर्लभ पृथ्वी खनिज उत्पादन गर्ने एमपी मटेरियल्स र युएसए रेयर अर्थ पनि नयाँ प्रतिबन्ध सूचीमा समावेश भएका छन् ।

 यस्तै, चीनको वित्त मन्त्रालयले सार्वजनिक खरिद प्रक्रियामा संलग्न सरकारी निकायलाई ४६ अमेरिकी कम्पनीका उत्पादन खरिद गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com