चीनका राष्ट्रपति सी जिनपिङ उत्तर कोरिया पुगे
S
Sristi Thakuri२०२६-०६-०८, ०७:२९ AM

चिनियाँ राष्ट्रपति सी चिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेका छन्। दुईदिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङसँग शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ।
उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका सीको स्वागतका लागि किम स्वयं विमानस्थल पुगेका थिए।
उत्तर कोरिया–रुस सम्बन्ध नजिकिँदै गइरहेका बेला चीनले आफू नै उत्तर कोरियाको प्रमुख आर्थिक तथा कूटनीतिक साझेदार रहेको सन्देश दिन खोजेको बताइएको छ। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा र अन्य समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



