Global TV Logo
लोड हुँदैछ...

गोरखाको चुमनुब्री गाउँफालिका–४ मान्द्रुङ खोलामा बाढी ,तीन वटा घर बगाएयो

S
Sristi Thakuri
२०२६-०९-०६, ०५:२३ AM
होमपेज/समाचार
गोरखाको चुमनुब्री गाउँफालिका–४ मान्द्रुङ खोलामा बाढी ,तीन वटा घर बगाएयो

काठमाडौं  ,भदौ २१ - गोरखाको चुमनुब्री गाउँफालिका–४ मान्द्रुङ खोलामा आएको बाढीले तीन वटा घर बगाएको छ । 

गएराति साढे ३ बजेको समयमा आएको बाढीले चुमनुब्री गाउँपालिका–४ नाम्रुङका नगु छिरिङ,उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिएका हुन् । भारी वर्षापछि मान्द्रुङ खोलामा बाढी आउँदा एउटा फलामको पुलमा समेत क्षति पुगेको गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । बाढीबाट मानवीय क्षति भने नभएको र अहिले वर्षा रोकिएका कारण खोला घट्ने क्रममा रहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् । स्थानीय प्रशासनले उक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
गोरखाको चुमनुब्री गाउँफालिका–४ मान्द्रुङ खोलामा बाढी ,तीन वटा घर बगाएयो | Global TV Khabar