Global TV Logo
लोड हुँदैछ...

ट्राफिक व्यवस्थापनमा नागरिक–प्रहरी सहकार्य अपरिहार्य : राजेश हमाल

S
Sristi Thakuri
२०२६-०७-२४, ०८:३३ AM
होमपेज/विशेष समाचार
ट्राफिक व्यवस्थापनमा नागरिक–प्रहरी सहकार्य अपरिहार्य : राजेश हमाल

काठमाडौं , साउन  ८ -  महानायक राजेश हमालले प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव कार्यक्रममा उनले ट्राफिक व्यवस्थापन प्रहरीको मात्र जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको बताए।

सवारी साधनको सङ्ख्या तीव्र रूपमा बढे पनि त्यसअनुसार सडक पूर्वाधार विस्तार हुन नसकेको उल्लेख गर्दै उनले आधुनिक प्रविधि र समयानुकूल पूर्वाधार विकासमा जोड दिए। सडक चौडा बनाउनु मात्र समाधान नभई चुस्त व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो।

हमालले चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पालना गर्दै ‘पहिला म’ भन्दा ‘पहिला तपाईं’ भन्ने संस्कार अपनाउन सके जाम र अव्यवस्था धेरै हदसम्म कम हुने बताए। ट्राफिक नियमको पालना नागरिक र प्रहरी दुवैका लागि ‘विन–विन’ अवस्था भएको उल्लेख गर्दै उनले सबै सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com