जलवायु कूटनीतिलाई संस्थागत गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं , असोज १ - परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभा वा कोप सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्दैमा मात्र दीर्घकालीन जलवायु उपलब्धि हासिल नहुने बताएकाछन् ।
बिहीवार सिंहदरबारमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी छलफलमा उनले नेपालमै जलवायु कूटनीतिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
मन्त्री खनालले जलवायु विज्ञान, अनुसन्धान, घरेलु नीति र अन्तर्राष्ट्रिय कूटनीतिलाई एकीकृत गर्ने संस्थागत संयन्त्र आवश्यक रहेको बताए । हाल जलवायु विषय मुख्यतः वातावरण मन्त्रालयमा केन्द्रित रहेको भन्दै उनले जलवायु कूटनीतिमा परराष्ट्र मन्त्रालयको भूमिका थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
उनले जलवायु परिवर्तनलाई वातावरणीय विषयमा मात्र सीमित नगरी कूटनीति, विकास, अर्थतन्त्र, विज्ञान र राष्ट्रिय नीतिसँग जोडेर अघि बढाउनुपर्ने बताए। दीर्घकालीन परिणामका लागि उपयुक्त संस्थागत संरचना र क्षमता विकासमा अहिलेबाटै ध्यान दिनुपर्ने उनको भनाइ छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



