Global TV Logo
लोड हुँदैछ...

प्राकृतिक विपद् जोखिम न्यूनीकरणमा संसदीय तहबाट सामूहिक पहल आवश्यक : सभापति कार्की

S
Sristi Thakuri
२०२६-०९-१६, ०८:५५ AM
होमपेज/समाचार
प्राकृतिक विपद् जोखिम न्यूनीकरणमा संसदीय तहबाट सामूहिक पहल आवश्यक : सभापति कार्की

काठमाडौं  , भदौ ३१ - राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति गणेश कार्कीले नेपालमा हुने जलवायुजन्य तथा प्राकृतिक विपद्को जोखिम न्युनिकरणका लागि संसदीय तहबाट सामूहिक पहल आवश्यक रहेको बताएका छन । 

बुधवार समितिको बैठकमा सभापति कार्कीले मेलम्ची, कागबेनी र च्छो रोल्पालगायतका घटनाबाट नेपालले प्राकृतिक विपद्को जोखिमबारे अझ गम्भीर रूपमा बुझ्नुपर्ने अवस्था आएको बताए । कार्कीकाअनुसार हालैका घटनामा पानीभन्दा लेदोको मात्रा बढी हुनुका साथै सयौँ वर्षदेखि जमिनमा रहेका घरभन्दा ठूला ढुंगा समेत तिब्र जलप्रवाहसँगै बगेर टाढासम्म पुगेका उदाहरण देखिएका छन् । कतिपय स्थानमा बाढी तथा लेदोको प्रभाव करिव ५ सय फिट माथिसम्म पुगेको उनले बताए । उनले यस्ता घटनालाई सामान्य बाढीका रूपमा मात्र बुझ्न कठिन हुने भन्दै नेपालजस्तो भौगोलिक अवस्थाको मुलुकमा यस्ता विपद् फेरि पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वतयारी गर्नुपर्ने बताए । विपद् व्यवस्थापनका लागि विभिन्न निकाय र समितिहरूले आ–आफ्नो स्तरबाट गरिरहेका तयारी तथा कामलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ । 

सभापति कार्कीले यस विषयमा संसदीय समितिको भूमिका के हुनसक्छ भन्नेबारे समेत सामूहिक रूपमा छलफल गरी साझा पहल अघि बढाउनुपर्ने बताए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com