आत्मसमीक्षाबिना कम्युनिष्ट आन्दोलन अघि बढ्दैन : माधव नेपाल
S
Sristi Thakuri२०२६-०७-२४, १०:१२ AM

काठमाडौं , साउन ८ - पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरूले आफ्ना विगतका नीति, व्यवहार र कार्यशैलीको इमानदार आत्मसमीक्षा नगरे कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन नसकिने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उनले मुलुकको राजनीतिक विकृति–विसंगतिबाट वामपन्थी शक्तिहरू पनि अछुतो नरहेको उल्लेख गर्दै अरूलाई मात्र दोष दिने प्रवृत्तिले समस्या समाधान नहुने बताए।
उनले शासनसत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नुपर्ने सोच त्याग्नुपर्ने धारणा राख्दै राष्ट्रहितका विषयमा दृढ अडान लिनुपर्ने बताए। अतिवाद र आत्मसमर्पणवादी प्रवृत्तिबाट टाढा रही देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढे मात्रै कम्युनिष्ट आन्दोलन सुदृढ बन्ने उनको भनाइ थियो।
लोकप्रिय खबर
लोड हुँदैछ...



