Global TV Logo
लोड हुँदैछ...

कांग्रेस १५औँ महाधिवेशन: प्रतिनिधि छनोटसँगै पदाधिकारीमा रस्साकस्सी

S
Sristi Thakuri
२०२६-०९-२८, ०४:३८ AM
होमपेज/राजनीति
कांग्रेस १५औँ महाधिवेशन: प्रतिनिधि छनोटसँगै पदाधिकारीमा रस्साकस्सी

काठमाडौं, असोज १२ - नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि प्रतिनिधि चुनिने क्रम जारी छ । 

वर्षाका कारण देशभर रोकिएका पालिका अधिवेशन मौसम अनुकुल भएसंगै पुनःसुरु भएका छन् । महाधिवेशन प्रतिनिधि चुनिएपछि पदाधिकारीमा प्रतिस्पर्धाबारे गृहकार्य गर्ने नेताहरुको तयारी छ । योपटकदेखि कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था खारेज गरिएको छ । यसैले आफ्नो वडाबाट क्षेत्रहुँदै प्रतिनिधि चुनिएर आउनुपर्छ । यसैले पनि नेताहरू यसपटक तलैसम्म पुगेर मेहनत गरिरहेका छन् । सँगै पदाधिकारीका आकांक्षीहरू आन्तरिक रूपमा छलफल गरेर आफ्नो माहौल बनाउन व्यस्त छन् । सभापतिमा गगन थापा १५ औं महाधिवेशनमा निर्विकल्प देखिएका छन् । तर, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर आफू सभापतिमा दाबी गर्ने बताएका छन् । कांग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई दोहो¥याउने बताइरहेका छन् । विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्मा र पुष्पा भुसाल दोहोरिने सम्भावना छ । तर, आकांक्षी धेरै भए चुनावी प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्नुपर्ने स्थिति आउनसक्ने नेताहरुले बताएका छन् । समीकरणमा केही बदलाव आए विशेषबाट महामन्त्री बनेका गुरूराज घिमिरे र प्रदीप पौडेलमध्ये एक जनाले उपसभापतिमा बढुवा हुन सक्ने सम्भावना छ । महाधिवेशनको मुखैमा देउवा पक्षका सयौं केन्द्रीय नेता विशेषको नेतृत्व स्वीकार्दै महाधिवेशनमा होमिएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
कांग्रेस १५औँ महाधिवेशन: प्रतिनिधि छनोटसँगै पदाधिकारीमा रस्साकस्सी | Global TV Khabar