सभामुखमाथि कांग्रेसको आरोप : संसदीय मर्यादा उल्लंघन भएको दाबी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्याल स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहेको आरोप लगाएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले यस्तो आरोप लगाएका हुन । उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनका लागि विपक्षी दलहरुले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गरे । सचेतक राईले संसदको अभिभावक भएकाले पनि सभामुख अर्याल संसदको मर्यादा एक इन्च पनि तलमाथि गर्न नपाईनेतर्फ समेत ध्यानाकर्षण गराए । उनले हिजो विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसदको वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिंदा श्रम संस्कृति पार्टीका सांसदहरु कसरी मर्यादित भए ? भन्दै प्रश्न समेत गरे । सचेतक राईले सरकारले संसदीय मर्यादा विपरित काम गरिरहेको जिकिर पनि गरे ।।
लोकप्रिय खबर
लोड हुँदैछ...



