काँग्रेस, कम्युनिष्ट र माओवादी सबैले मधेसलाई ठगे : सीके राउत
S
Sristi Thakuri२०२६-०६-०८, ०७:०३ AM

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले मधेसबाट मत लिएर सरकार बनाउने तर मधेसी समुदायका अधिकार नदिने प्रवृत्ति लामो समयदेखि जारी रहेको आरोप लगाएका छन् ।
सोमबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले राणा शासनदेखि काँग्रेस, कम्युनिष्ट तथा माओवादी नेतृत्वका विभिन्न शासनकालमा समेत मधेसका मागहरू सम्बोधन नभएको बताए ।
नागरिकता, सुकुम्बासी व्यवस्थापन, स्वायत्ततालगायतका विषय अझै समाधान हुन नसकेको उल्लेख गर्दै उनले मधेसको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे ।
उनले मधेसका माग सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी पनि दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



