कांग्रेस महाधिवेशन असोज १६–१९ मै हुने, तल्लो तहको अधिवेशन तालिका हेरफेरको तयारी

काठमाडौं , साउन २८ - नेपाली कांग्रेसद्वारा १५औं महाधिवेशनका लागि प्रस्तावित पूर्वनिर्धारित मिति कायम, तल्लो तहका अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा केन्द्रीय समितिमा छलफल सुरु ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रस्तावित पूर्वनिर्धारित मितिलाई कायम राख्दै तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा केही परिमार्जन गर्ने विषयमा छलफल शुरु भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँगको भेटमा महामन्त्री प्रदीप पौडेलले यस्तो जानकारी दिएका हुन । महामन्त्री पौडेलकाअनुसार आगामी असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नहुने गरी त्यसभन्दा तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्नेबारे बैठकमा छलफल भइरहेको छ । बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको विषयले पनि प्राथमिकता पाएको छ । यसअघि ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले सदस्यता अद्यावधिक र वितरणका क्रममा देखिएका वस्तुगत स्थिति तथा समस्याहरूबारे आफ्नो धारणा र सुझाव राखिरहेका छन ।
बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताका अतिरिक्त कार्यसूचीमा समावेश गरिएका अन्य समसामयिक विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



