Global TV Logo
लोड हुँदैछ...

स्पष्टीकरण नदिएपछि कांग्रेसका जिल्ला सभापति यादव निलम्बनमा

S
Sristi Thakuri
२०२६-०६-०४, १२:२४ PM
होमपेज/राजनीति
स्पष्टीकरण नदिएपछि कांग्रेसका जिल्ला सभापति यादव निलम्बनमा

नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादव लाई निलम्बन गरेको छ।बिहीबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले दुई पटक स्पष्टीकरण माग्दा पनि जवाफ नदिएको भन्दै यादवलाई सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको आरोपमा यादवविरुद्ध अनुशासन समितिमा उजुरी परेको थियो। त्यसपछि समितिले स्पष्टीकरण मागे पनि उनले कुनै जवाफ नदिएको जनाएको छ।

अनुशासन समितिले घटनाबारे थप अनुसन्धान आवश्यक रहेको र पदमा रहँदा अनुसन्धान प्रभावित हुन सक्ने निष्कर्षसहित अन्तिम निर्णय नआउञ्जेल यादवलाई बारा जिल्ला सभापतिको जिम्मेवारीबाट निलम्बन गरेको जनाएको छ

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
स्पष्टीकरण नदिएपछि कांग्रेसका जिल्ला सभापति यादव निलम्बनमा | Global TV Khabar