Global TV Logo
लोड हुँदैछ...

गृहमन्त्री गुरुङको पुनर्नियुक्तिप्रति कांग्रेसको आपत्ति

S
Sristi Thakuri
२०२६-०६-१२, ०६:३३ AM
होमपेज/विशेष समाचार
गृहमन्त्री गुरुङको पुनर्नियुक्तिप्रति कांग्रेसको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सांसद भरतबहादुर खड्काले गृहमन्त्री सधन गुरुङलाई पुनः सोही जिम्मेवारी दिइएकोमा आपत्ति जनाएका छन्।

संसद बैठकमा बोल्दै उनले विभिन्न आरोप तथा मानव अधिकार आयोगको प्रतिवेदनमा समेत दोषी ठहर गरिएका व्यक्तिलाई सरकारले पुनः गृहमन्त्री बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे। गृहमन्त्रीमाथि उठेका प्रश्नबारे गठन गरिएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी पुनर्नियुक्ति गर्नु सरकारको दोहोरो चरित्र भएको उनको आरोप थियो।

खड्काले सरकारले सुशासनको नारा दिए पनि आफ्ना निकट व्यक्तिलाई जोगाउने र पुरस्कृत गर्ने काम गरिरहेको टिप्पणी गरे। साथै, प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने आफ्नो अडान पनि दोहोर्‍याए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
गृहमन्त्री गुरुङको पुनर्नियुक्तिप्रति कांग्रेसको आपत्ति | Global TV Khabar