Global TV Logo
लोड हुँदैछ...

रसुवाको बाढीप्रति कांग्रेस सभापति गगन थापाको चासो

S
Sristi Thakuri
२०२६-०८-२६, ०५:५८ AM
होमपेज/विशेष समाचार
रसुवाको बाढीप्रति कांग्रेस सभापति गगन थापाको चासो

काठमाडौं , भदौ १० - रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेकाछन् । 

सभापति थापाले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार र राहतमा केन्द्रित हुन तथा सबै तहका सरकारबीच प्रभावकारी समन्वय गर्न आग्रह गरेका छन् । 

उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लाका कांग्रेस नेता–कार्यकर्तालाई तटीय क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न तथा उद्धार र राहत कार्यमा तत्काल जुट्न अपिल गरेका हुन् । 

विपद् व्यवस्थापनमा सरकारका प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि सभापति थापाले व्यक्त गरेका छन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com