Global TV Logo
लोड हुँदैछ...

युवा नेतृत्व स्वीकार्न कांग्रेस उदार बन्नुपर्छ : विश्वप्रकाश शर्मा

S
Sristi Thakuri
२०२६-०८-१४, ०८:५८ AM
होमपेज/विशेष समाचार
युवा नेतृत्व स्वीकार्न कांग्रेस उदार बन्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं , साउन २९  - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई विधि, प्रक्रिया र पद्धतिअनुसार आत्मसात गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले कांग्रेस अहिले परिवर्तनको चरणमा रहेको भन्दै युवा सहभागितालाई संस्थागत ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै शर्माले देउवाबाट पार्टीका सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रवाह हुने अपेक्षा रहेको बताए । देउवाले आफ्नो लिखित अभिव्यक्तिमार्फत परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै शर्माले उक्त विचारलाई आगामी सम्मेलनको केन्द्रमा राख्नुपर्ने धारणा राखे ।

शर्माले देशको प्रधानमन्त्रीका रूपमा ३६ वर्षका युवालाई स्वीकार गरिसकेको अवस्थामा पार्टी नेतृत्वमा पनि ५० वर्ष आसपासका युवालाई नेतृत्व गर्ने अवसर दिन सहज हुनुपर्ने बताए ।उनका अनुसार विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्नुले पार्टीभित्र गम्भीर प्रश्न खडा गर्न सक्छ । देशको कार्यकारी प्रमुखका रूपमा युवालाई स्वीकार गर्न सक्ने कांग्रेसले पार्टी नेतृत्वमा पनि सोही पुस्ताका व्यक्तिलाई स्वीकार गर्न उदारता देखाउनुपर्ने उनको भनाइ छ ।‘कांग्रेस अहिले विधि र प्रक्रियामार्फत परिवर्तनको अध्यायमा छ । युवालाई अगाडि बढाउने विषयमा हामीले ३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको इतिहासलाई आत्मसात गरेका छौँ भने ५० वर्ष हाराहारीको युवाले पार्टीको नेतृत्व गर्ने कुरालाई पनि सहज रूपमा स्वीकार्नुपर्छ,’ शर्माले भने ।

उनले पार्टीभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनलाई व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर संस्थागत प्रक्रिया र लोकतान्त्रिक पद्धतिबाट अघि बढाउनुपर्नेमा जोड दिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com