प्रधानमन्त्रीको सीमा अभिव्यक्तिपछि कांग्रेसको कडा आपत्ति
S
Sristi Thakuri२०२६-०५-३१, ०८:५९ AM

प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
आइतबार संसद्मा जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारततर्फको केही सीमा क्षेत्र मिचेको हुन सक्ने संकेत गरेका थिए। यसै विषयलाई लिएर नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारसँग स्पष्ट जानकारी माग गर्दै यसबारे औपचारिक रूपमा अवगत गराउन आग्रह गरेकी छन्।उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर विषय भन्दै सीमा सम्बन्धी संवेदनशील मुद्दामा सरकारले स्पष्ट र आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएकी छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



