Global TV Logo
लोड हुँदैछ...

यूएन महासभामा नेपालको जलवायु संकट सशक्त रूपमा उठाउन कांग्रेसको सुझाव

S
Sristi Thakuri
२०२६-०९-२१, ०९:०० AM
होमपेज/राजनीति
यूएन महासभामा नेपालको जलवायु संकट सशक्त रूपमा उठाउन कांग्रेसको सुझाव

काठमाडौं  , असोज ५ - प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्।

भेटमा कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र नेता भीष्मराज आङ्देम्बेलगायतले महासभामा नेपालको जलवायु संकट, भोटेकोशी विपद् र हिमाली राष्ट्रका समस्यालाई प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन्।

कांग्रेसले नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको विषय तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

त्यस्तै, भोटेकोशी विपद्मा ज्यान गुमाएका नागरिक र आफन्तको पहिचानका लागि डीएनए परीक्षणको प्रतीक्षामा रहेका परिवारको पीडालाई समेत विश्वमञ्चमा उठाउन आग्रह गरिएको उपसभापति शर्माले बताए।

नेपालले ‘हिमाल जोगाए मात्र विश्व जोगिन्छ’ भन्ने अवधारणासहित जलवायु संकटबाट प्रभावित राष्ट्रहरूको साझा आवाजलाई नेतृत्व गर्नुपर्ने कांग्रेसको धारणा छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com