प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग्दै नेकपा: संसदमा जवाफ दिन दबाब
S
Sristi Thakuri२०२६-०६-११, १०:०४ AM

प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्ति उहाँ स्वयंले संसदमा आएर स्पष्ट पार्नुपर्ने अडानबाट आफूहरु पछि नहटेको स्पष्ट पारेका छन ।
बिहीवार प्रतिनिधि सभा बैठकमा उनले संसद सुचारु गराउने र प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको स्पष्टिकरण संसदमा आउनुपर्ने अडानबाट आफनो पार्टी पछि नहटेको प्रष्ट्याए । प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीको नेपालले पनि भारतको धेरै ठाउँमा मिचेको छ भनि दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने पनि दोहो¥याए । उनले सरकार जिम्मेवार भएर अघि नबढेको आरोप पनि लगाए ।
प्रमुख सचेतक दुलालले सरकारले जनपक्षीय काममा ध्यान नदिएको दावी समेत गरे ।
लोकप्रिय खबर
लोड हुँदैछ...



