Global TV Logo
लोड हुँदैछ...

सुनसरीमा कफ्र्यु हटाइयो, कप्तानगञ्ज घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

S
Sristi Thakuri
२०२६-०७-२८, ०६:२० AM
होमपेज/विशेष समाचार
सुनसरीमा कफ्र्यु हटाइयो, कप्तानगञ्ज घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं , साउन १२ - जिल्ला प्रशासन कार्यालय सुनसरीले कफ्र्यु हटाएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति सवा १२ बजेदेखि कफ्र्यु हटाएको हो । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारीबाट कफ्र्यु जारी भएको थियो । स्थिति सामान्य बन्दै गएपछि मध्यरातदेखि कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

 पूर्वमा इनरुवा नगरपालिका ३ र ६ को सिमाना,पश्चिममा कोशी ब्यारेज पुल तथा उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कफ्र्यु हटाइएको सूचनामा उल्लेख छ । प्रशासनले सर्वसाधारणलाई शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ । कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । 

छानबिन टोली सोमबार राति विराटनगरमा पुगेको थियो । टोलीले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन पनि गरिरहेको छ । समितिले कप्तानञ्ज समेत पुगेर घटनास्थलको निरीक्षण गर्ने छ । प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा छानबिन प्रतिवेदन तयार पार्ने छ । 

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com