Global TV Logo
लोड हुँदैछ...

प्रदेश सरकार गठनका लागि दाहालको सर्वदलीय सहकार्य प्रस्ताव

S
Sristi Thakuri
२०२६-०७-२२, ०५:२६ AM
होमपेज/विशेष समाचार
प्रदेश सरकार गठनका लागि दाहालको सर्वदलीय सहकार्य प्रस्ताव

काठमाडौं , साउन ६ - नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले प्रदेश सरकार गठनका लागि प्रमुख दलहरूबीच सहकार्यको प्रस्ताव अघि सारेका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास गुण्डु पुगेका दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच सहकार्यको प्रस्ताव राखेका हुन् । 

मंगलबार दिउँसो २ बजेतिर गुण्डु पुगेका दाहालले ओलीसँग झण्डै एक घण्टा संवाद गरेका थिए । उनीहरूबीच फेरिएको राजनीतिक कोर्स, प्रदेश सरकारमा आएको संकट र आगामी सहकार्यबारे संवाद भएको नेकपाका नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।  ओलीलाई भेट्नुअघि दाहाल र माधव नेपालबीच लामो संवाद भएको थियो । 

ओलीसँग दाहालले प्रदेशसभाका तीन दल कांग्रेस,एमाले,नेकपा मात्र नभएर अरु दलहरू पनि सहभागी गराउन प्रस्ताव गरेका छन् । संविधान र व्यवस्था जोगाउन पनि प्रदेशहरूमा सर्वदलीय सरकार बनाउन उचित हुने दाहालको तर्क छ । एमाले अध्यक्ष ओलीले पनि कांग्रेस र नेकपा सहितको संयुक्त सरकारकै पक्षमा रहेको जवाफ दिएका छन् । तर, दाहालको प्रस्तावमा कांग्रेस नेताहरूले सार्वजनिक विमति जनाएका छन् । 

एमालेसँग सहकार्य तोड्ने कांग्रेसको निष्कर्षपछि सत्ता गठन प्रक्रियामा सामेल हुन लागेको नेकपाले प्रदेश सरकारमै नजाने, सर्वदलीय सरकार गठन गर्ने र वाम सहकार्य र एकता गरी तीन वटा विकल्पमा सँगसँगै जाने नीति लिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com