Global TV Logo
लोड हुँदैछ...

बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता

S
Sristi Thakuri
२०२६-०९-२९, ०४:५३ AM
होमपेज/समाचार
बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता

 काठमाडौं, असोज १३ - बागलुङमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो । बाढीपहिरोमा परेका एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको हो ।

 पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका प्रहरीले जनाएको छ । यसअघि शनिबार पनि ताराखोलामै एक जनाको मृत्यु भएको थियो । बाढीपहिरोमा परी ताराखोलामा मात्रै मृत्यु हुनेको संख्या तीन पुगेको छ । आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता | Global TV Khabar