Global TV Logo
लोड हुँदैछ...

कांग्रेसभित्र गहिरिँदो विभाजन : १५औँ महाधिवेशनअघि संस्थापन–ईतर आमनेसामने

S
Sristi Thakuri
२०२६-०५-२०, १२:२५ PM
होमपेज/राजनीति
कांग्रेसभित्र गहिरिँदो विभाजन : १५औँ महाधिवेशनअघि संस्थापन–ईतर आमनेसामने

विशेष महाधिवेशनपछि कित्ता कित्तामा विभाजित नेपाली कांग्रेस कहिले एक होला भन्ने विषय लामो समयदेखि चर्चामा रहदै आएको छ । सर्वोच्च अदालतको फैशलापछि पार्टीभित्रको विवाद समाधान हुने अपेक्षा गरिएको भएपनि १५ औँ नियमित महाधिवेशनका कारण संस्थापन र संस्थापन ईतर पक्ष पुनः आमनेसामने हुने स्थिति बनेको छ । १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौमा आयोजना गर्दैछ । त्यसका लागि देशभर जरा अभियान पनि पनि जारी छ । जस अन्तर्गत क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक सम्बन्धी कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गरिसक्न निर्देशन दिएको छ । तर क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयले पार्टीभित्र भने गम्भिर विवाद खडा मात्रै गरिदिएको छैन संस्थापन र संस्थापन ईतर पक्ष अव आ–आफ्नो बाटो लाग्ने करिव निश्चितत जस्तै देखिएके छ । निवर्तमान सभापति शेर वहादुर देउवा पक्षले गत चुनावअघि नै आफुहरुले सदस्यता अद्यावधिक गरिसकेको बताउँर्दै पार्टीको निर्णय नमान्ने अडान लिएर बसेका छन् भने संस्थापन पक्षले पार्टीलाई प्रविधिमैत्री बनाउन उक्त कदम चालिएको दाबी गर्दै आएको छ । तर उक्त विषय कांग्रेसभित्र यति गम्भिर रुपमा देखिएको छ की कांग्रेस फुट्को निर्णयक विन्दुमा पुगेको समेत पार्टीभित्रबाटै चर्चा हुन थालेको छ । देउवा पक्षकै नेताहरुले सभापति गगन थापामाथि अनेक आरोप लगाउँर्दै पार्टी फुट्को अन्तिम विन्दुमा रहेको चेतावनी दिर्दै आएका छन् । 

त्यसो त, सर्वोच्च अदालतबाट आएको फैशला स्वीकारेर अघि बढ्ने बताएको देउवा पक्ष फेरी बिच्किएको छ । काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय नै सञ्चालन गरेर समानान्तर गतिविधि सुरु भएको देखिन्छ ।  यसअघि उनीहरुले आफ्ना पहिलो सर्त स्वरुप आगामी महाधिवेशनमा महाधिवेशन आयोजक समिति, केन्द्रिय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठनसहित पार्टीका अन्य समितिहरुमा पनि प्रतिनिधिमुलक सहभागिताको अडान राखेका थिए । तर पछिल्लो केहिदिनयता भने अब गगनको नेतृवमा बस्न नसकिने भन्दै छुट्टै पार्टी दर्ता गर्नेसम्मका तयारी सुरु भएका छन् । तर पार्टीमा एकता कायम गर्नका लागि संस्थापन पक्षको माग पुरा गर्ने सवालमा पार्टीको विधिभन्दा बाहिर गएर त्यो हुन नसक्ने संस्थापन पक्षले स्पष्ट पारेको छ । यसरी नेपाली कांग्रेसको विधानमा सम्बन्धित व्यक्तिले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक नगरेमा  पार्टीको महाधिवेशन तथा आन्तारिक निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । सोहि अनुसार संस्थापन पक्षले पार्टीको निर्देशन अवज्ञा गरेमा उनीहरुले महाधिवेशनमा भाग लिन पाउने छैनन् । यस्तोमा उनीहरुले आफ्नो ईगो साईडमा राखेर सदस्यता अद्यावधिक नगरे कांग्रेस सग्लो रहने स्थिति देखिदैन ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com