Global TV Logo
लोड हुँदैछ...

विकास ढिलाइको असरमा ठेकेदार जवाफदेही हुनुपर्ने माग

S
Sristi Thakuri
२०२६-०६-१६, १२:३६ PM
होमपेज/विशेष समाचार
विकास ढिलाइको असरमा ठेकेदार जवाफदेही हुनुपर्ने माग

काठमाडौँ, असार १ - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले विकास निर्माणमा हुने ढिलासुस्ती र लापरवाहीका कारण हुने मानवीय क्षतिको जिम्मेवारी सम्बन्धित ठेकेदारले नै लिनुपर्ने बताएकी छन्।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले समयमै ठेक्का सम्पन्न नहुँदा हुने सडक दुर्घटना र त्यसबाट हुने क्षतिको उपचार खर्च तथा राहत ठेकेदारबाटै असुलउपर गर्न कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखिन्।

सांसद न्यौपानेले मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिका कारण जनप्रतिनिधिलाई आफ्नो क्षेत्रमा जनताको प्रश्नको सामना गर्न कठिन भइरहेको भन्दै जिम्मेवार भएर बोल्न आग्रह पनि गरिन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com