Global TV Logo
लोड हुँदैछ...

भदौ २३ र २४ गते भएका घटनासम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

S
Sristi Thakuri
२०२६-०५-१८, ०७:०४ AM
होमपेज/राजनीति
भदौ २३ र २४ गते भएका घटनासम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

नेपाली कांगे्रसका सांस द्अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले आयोगकी सदस्य लिली थापाको नेतृत्वमा तयार पारिएको प्रतिवेदन सार्वजनिक हुन नसक्नु गम्भीर विषय भएको बताए। उनले उक्त प्रतिवेदन कसले र किन रोकेको हो भन्नेबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे।त्यसैगरी, पूर्वन्यायाधीश गौरबहादुर कार्कीको नेतृत्वमा बनेको छानबिन समितिको प्रतिवेदन अपूरो रहेको टिप्पणी गर्दै त्यसलाई पूर्णता दिनुपर्ने आवश्यकता पनि औंल्याए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com