Global TV Logo
लोड हुँदैछ...

९ बुँदे सहमति र मन्त्रिपरिषद् निर्णयविरुद्ध जनकपुरमा साहु–महाजनको प्रदर्शन

S
Sristi Thakuri
२०२६-०८-०७, ११:११ AM
होमपेज/विशेष समाचार
९ बुँदे सहमति र मन्त्रिपरिषद् निर्णयविरुद्ध जनकपुरमा साहु–महाजनको प्रदर्शन

काठमाडौं , साउन २२ - सरकार र मिटरब्याज पीडित पक्षबीच भएको लेनदेनसम्बन्धी ९ बुँदे सहमति तथा मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाउँदै साहु–महाजनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । 

पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले आफ्ना हितविपरित गरिएका निर्णयहरू तत्काल खारेज गर्न माग गरेका हुन् । उनीहरूले सरकारले एकतर्फी रूपमा गरेको सहमति र मन्त्रिपरिषद्को निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । मधेश प्रदेशका आठ वटै जिल्लाबाट आएका साहु–महाजनहरूले जनकपुरधाम नगरको परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि पुगेर प्रदर्शन गरेका थिए । 

पीडित लेनदेन संघर्ष समिति, मधेशका अध्यक्ष विजय यादवले सरकारले आफूहरूको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । माग पूरा नभए आगामी भदौ १ गतेदेखि काठमाडौं पुगेर सिंहदरबार घेराउ गर्ने र माईतीघरमा धर्ना दिने कार्यक्रम तय गरिएको उनको भनाई छ । 

प्रदर्शनकाक्रममा सहभागीहरूले ‘कानूनी राज्य बहाल गर’ भन्दै नाराबाजी गरेका थिए । उनीहरूले लेनदेनसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित सबै पक्षलाई समेटेर त्रिपक्षीय वार्ता आह्वान गर्नुपर्ने मागसमेत गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com