कोशीमा डेंगु संक्रमण बढ्दो, झापा उच्च जोखिममा; संक्रमित संख्या ७९३ पुग्यो

काठमाडौं , असोज ५ - वर्षायामको उत्तरार्धमा कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।
कोशी प्रदेशको झापा जिल्ला डेंगु संक्रमणको सबैभन्दा उच्च जोखिममा देखिएको छ । कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७ सय ९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगुको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ । निर्देशनालयका अनुसार झापामा मात्रै हालसम्म २ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरीमा २ सय ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । निर्देशनालयका अनुसार ओखलढुंगामा १ सय २२ र खोटाङमा ८२ जनामा संक्रमण देखिएको छ । ताप्लेजुङमा १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ वटा सम्भावित र दुई वटा शंकास्पद विरामी अस्पतालमा रहेको बताइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



