गगन थापा नेतृत्वको अधिवेशन बहिष्कार गर्न देउवा पक्षको आह्वान

भदौ ६ - नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशनका लागि गरिररहेका अधिवेशनहरुमा सहभागी नहुन नेता कार्यकर्तालाई अपिल गरेको छ ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद चर्किरहेका बेला ‘विशेष महाधिवेशन’ पक्षबाट आयोजना हुने अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
संस्थापन इतर पक्षका नेताहरूको छलफलपछि डा. कोइरालाले निकालेको विज्ञप्तिमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद विचाराधिन रहेको उल्लेख छ ।
सर्वोच्चमा मुद्दा विचाराधिन रहेको अवस्थामा महाधिवेशन अघि बढाए पार्टीका सबै तहमा संरचनागत विभाजन शुरु हुने चेतावनी पनि देउवा पक्षले दिएको छ । देउवा पक्षले अहिले कांग्रेसलाई सुदृढ, सबल र गतिशील बनाउन सांगठनिक तथा भावनात्मक एकता आवश्यक रहेको जनाएको छ । देउवा पक्षले विशेष महाधिवेशन पक्षले आयोजना गर्ने अधिवेशन तथा महाधिवेशनलाई ‘अवैधानिक र विभाजनकारी’ भन्दै त्यसमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई अपिल गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



